पुन:अर्को चलचित्रमा अनुबन्धित भए अनमोल

826

इन्द्रेणी न्युज,काठमाडौं। युवापुस्ताको ढुकढुकी मानिने सुपरस्टार अनमोल केसी पून: अर्को चलचित्रमा अनुबन्धित भएका छन्। शनिवार मात्रै चलचित्र ‘ए मेरो हजुर-३’ साइन गरेका उनले आज आइतबार ‘लिलिबिली’ निर्देशक मिलन चाम्सको नयाँ फिल्ममा काम गर्ने मौखिक सम्झौता भएको खबर बाहिरिएको छ ।

चलचित्र ‘लिलिबिली’ पश्चात् नायक प्रदीप सँग ‘पानी बाराबार’ भएपछि मिलन, अनमोल सँग निकै नजिक थिए भने यस अघी पनि निर्देशक चाम्सले अभिनेता अनमोलाई चलचित्र ‘लिलिबिली’को लागी अफर नगरेका भने पक्कै होईन।

३ करोडको हाराहारीमा चाम्स इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण हुने ‘अनटाइटल’ चलचित्रको सम्पुर्ण छायांकन विदेशका रमणिय स्थानमा हुनेछ भने चलचित्रमा अनमोलको मुख्य भूमिका रहने छ। प्रत्यक चलचित्रमा नयाँनयाँ नायिका सँग रोमान्स गर्दै आएका अभिनेता अनमोलले यस चलचित्रमा पनि नयाँ नायिका सँग रोमान्स गर्ने छन भने निर्देशक चाम्स अहिले अनमोललाई सुहाउँदो र फ्रेस नायिकाको छनौटमा जुटेका छन् ।

लभस्टोरी जानरामा निर्माण हुने उक्त चलचित्रको लागि केही दिन भित्रमानै अनमोल र मिलनबीच औपचारिक सम्झौता हुने चाम्स निकट स्रोतले बताए। चलचित्र आउँदो २०७६ सालको मध्यतिर प्रदर्शनमा आउने छ ।

Comments

comments