प्रतिपक्षलाई ओलीको जवाफ– नीति कार्यक्रम आकांक्षाहीन छैन

114

काठमाडौं १३, जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीति तथा कार्यक्रम आकाक्षाहीन र कर्मकाण्डी नभएको बताएका छन् । असम्भव महत्वकाक्षा नभइ सम्भव र सकिने खालका महत्वकाक्षा नीति तथा कार्यक्रममा समेटिएको उनको दाबी छ ।

प्रतिनिधि सभाको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नको आइतवार जवाफदिने क्रममा प्रधानमन्त्री ओलीले सरकारका नीति तथा कार्यक्रमका आकाक्षा ठीक रहेको र यसलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । नीति तथा कार्यक्रमले सही दिशा लिएको समेत उनले दावी गरे ।

संसदमा भएको छलफलमा प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका नीति तथा कार्यक्रम अति महत्वकाक्षी र कार्यान्वयनकालागि आधारहीन भएको बताएको थियो ।

‘नीति तथा कार्यक्रम आकाक्षाहीन छैन, सम्पूर्ण नेपाली जनताका आकाक्षाहरु, राम्रा आकाक्षाको समष्टि छ’ ओलीले भने, ‘राष्ट्रलाई तेस्रो विश्वबाट पहिलो विश्वमा पुर्‍याउन नपाइने रु’

राष्ट्रपति विद्या भण्डारीले जेठ ७ गते संसदका दुवै सदनमा पेश गरेको सरकारका नीति तथा कार्यक्रम आइतवार नै पारित गर्ने तयारी छ ।

Comments

comments