गोरेको बयान सकियो, थुनछेक बहस आजै हुने

136

विराटनगर,१३ जेठ। साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि सकिएको हो ।

केहीवेर पछि थुनछेक बहस थालिने जिल्ला अदालत, मोरङले जनाएको छ । बयानका क्रममा गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको थियो ।

उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ । गोरे लगायतको समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेको अभियोग लागेको छ ।

Comments

comments