नम्बर वानमा नेपाल आइडलका ‘निशान र एलिसा’

456

इन्द्रेणी न्युज, काठमाडौं। नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराई र मोडल एलिशा राइको अभिनय ‘ओई भुन्टी’ नम्बर वानमा परेको छ । गएको शुक्रवार सार्वजनिक गरिएको उक्त भिडियोेमा निशानले स्वयं अभिनय गरेका छन् भने उनकै आवाज समावेश छ भने गीतमा राजेन्द्र भट्टको शब्द र संगीत रहेको छ।

सार्वजनिक उक्त भिडियोमा एलिशा र निशान दुवैको अभिनय दमदार रुपमा त्रस्तुत गरिएको छ। एलिशा र निशानले गीतको भाकालाई मौलिक अभिनयमा ढालेका छन् । यस भिडियोमा एम आर आरजेको पनि अभिनय रहेको छ । टेकेन्द्र शाहलेको निर्देशन रहेको भिडियोलाई शिशिर खातिले कोरियोग्राफ गरेका हुन् भने राम कुमार केसीले खिचेका हुन् ।

Comments

comments