​एसएसपी श्याम खत्रीले एक किलो सुनको ५० हजार लिने गरेको खुलासा

221

इटहरी। ३८ क्वीन्टल सुन तस्करीमा नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीको प्रत्यक्ष संलग्नता देखिएको छ ।

यो मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले खत्रीको संलग्नता खुलाएका हुन् । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान छ ।

चुडामणि उप्रेती अर्थात् साढे ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरेले विमानस्थलबाट सुन बाहिर ल्याएबापत एसएसपी श्याम खत्रीले प्रति किलो ५० हजार लिने गरेको खुलासा गरेका छन् ।

अदालतमा दिएको बयानमा गोरेले भने सुन सिधै तत्कालिन एसएसपी श्याम खत्रीको कोठामा पुर्याउने गरेको बताएका छन् । खत्रीले अनुकूल भएको समयमा सुन बाहिर निकाली भरियालाई दिने गरेको समेत उनले बताए ।

एसएसपी श्याम खत्रीको सरुवासँगै यो लाइनबाट सुन आएन । उनले निजको ड्राइभर र अंगरक्षकको प्रयोग गरी निजले चढ्ने गाडीमा सुन ल्याउने गरेको बताए । अन्य प्रहरीले सुन ओसारेको थाहा नभएको समेत उनले बताए । श्याम खत्रीले सुन बाहरि निकालेवापत प्रतिकिलो रु ५०,००० (पचास हजार) लिने गरेका थिए । यो लाइनबाट ४ सय किलोदेखि ५ सय किलोसम्म सुन आएको छ ।

Comments

comments