गोलकिपर लोरिस क्यारीयसलाई ज्यान मार्ने धम्की

452

एजेन्सी । च्याम्पियन्स लिगको फाइनलमा खराब प्रदर्शन गरेपछि इन्ग्लिश क्लब लिभरपुलका गोलकिपर लोरिस क्यारीयसलाई ज्यान मार्ने धम्की आउन थालेको छ । रियल मड्रिडविरुद्ध भएको फाइनलमा खराब प्रदर्शन गरेपछि गोलकिपर क्यागोलकिपर क्यारीयसलाई मृत्युको धम्की रीयसलाई मृत्युको धम्की आइरहेको बिबिसीले जनाएको छ ।

बिबिसीकाअनुसार गोलकिपर क्यारीयसलाई ज्यान मार्ने धम्की आउन थालेपछि मर्सीसाइडका प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ । शनिबार राती स्पेनिस क्लब रियलविरुद्ध गोलकिपर क्यारीयसले दुई गल्ती गरेपछि लिभरपुल ३ – १ ले पराजित हुँदै च्याम्पियन्स लिगको उपाधि जित्नबाट बन्चित भएको थियो ।

मर्सीसाइड प्रहरी अधिकारीले सामाजिक संजालमा आएको टिप्पणी र धम्कीहरुलाई समेत सुक्ष्म अध्ययन गरिरहेको जनाएका छन् । “हामी सामाजिक संजालमा पोस्ट भएका व्यवहारहरुलाई गम्भीरतापूर्वक लिएका छौ । सवै खाले अपराधहरुको छानबिन हुनेछ,”छानबिनमा संलग्न एक मर्सीसाइडका प्रहरीले भनेका छन् ।

च्याम्पियन्स लिगको फाइनलमा गल्ती गरेपछि जर्मन गोलकिपर क्यारीयसले क्लब र समर्थकप्रति माफी मागिसकेका छन् । २४ बर्षीय क्यारीयसले सामाजिक संजाल ट्वीटर, इन्स्टाग्रामबाट माफी मागेका हुन् ।

Comments

comments