सर्वाधिक महंगा नायकको सुचिमा अनमोल, ५० लाख लिएर अनुबन्धित भए चाम्सको नयाँ चलचित्रमा

1714

इन्द्रेणी न्युज,काठमाडौं। मेघास्टार अनमोल केसीले लिलिबिली निर्देशक मिलन चाम्सको अनटाइटल चलचित्र निकै महँगो पारिश्रमिक लिएर साइन साइन गरेका छन्।

केहिदिन पहिले ‘ए मेरो हजुर-३’का लागि ३० लाख पारिश्रमिक लिएर अनुबन्धित भएका अनमोलले चाम्सको अनटाइटल चलचित्रको लागि ५० लाखभन्दा माथीको पारिश्रमिक लिएको खबर बाहिरिएको छ।

दुई पक्षबिच पारिश्रमिक रकम बाहिर नल्याउने सहमती भएतापनि श्रोतका अनुसार चाम्सले निर्देशन गर्ने फिल्मबाट अनमोलले पचास लाख बुझेका हुन्।

पछिल्लो समय निकै महँगो पारिश्रमिक लिने नेपाली फिल्म क्षेत्रमा कुनै पनि स्टारले लिएको यो सर्वाधिक महंगो पारिश्रमिक हो । ‘कृ’ चलचित्रले सोचेजस्तो र प्रतिक्षा गरेअनुरुप सफलता नदिएको भएपनी उनको डिमाण्ड भने मार्केटमा निकै चर्को छ ।

प्रदीप भारद्वाजको लेखन रहने यस चलचित्र लभ स्टोरी जनरामा निर्माण गरिने र चलचित्रको सम्पुर्ण छायांकन विदेशमानै गरिने निर्माण पक्षले बताएका छन्।

Comments

comments