सनमको शव गायब गर्न डीएसपी प्रजीत केसी २ करोड डिल भएपछि पनि किन भागे ? बल्ल खुल्यो रहस्य !

1306

काठमाडौं। चुडामणि उप्रेती ‘गोरे’ले अदालताम दिएको २७ पृष्ठ लामो बयानमा भारतीय व्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुराउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् । सनम शाक्यलाई कुटपिट गरी करेन्ट लगाए पनि आफू हत्यामा संलग्न नभएको गोरेको दाबी छ ।

गोरे लगायतको समुहले गत पुसमा काठमाडौँ भित्र्याएको साढे ३३ किलो सुन हराएपछि गोरेसहितका समूहले सनम शाक्यलाई उनको गाउँबाटै उठाएको स्विकारेका छन् । सुन गायब बनाएको आरोपमा करेन्ट लगाउने क्रममा सनमको ज्यान गएपछि आफूले बालकृष्णलाई सबैभन्दा पहिले फोन गरेको बयान उनले दिएका छन् ।

बालकृष्णसँग कुरा भएपछि डीएसपी प्रजीत केसी पनि सम्पर्कमा आएर सनमको शव गायब गर्न २ करोडको डिल भएको दाबी गोरेले गरेका छन् । ‘सनमको शव गायम गर्न बालकृष्ण र प्रजीत दुवै २ करोडमा सहमत भएका थिए’, उनले भनेका छन्, ‘तर दुई करोड रुपैयाँ लिएर पनि पक्राउ गर्ने डर भएपछि भागेको भन्ने बयान गोरेले दिएका छन् । यस विषयमा थप रहस्यहरु खुल्दै गएका छन् ।

Comments

comments