प्रताप दासको अर्को नयाँ गीत ‘झरी जस्तै’ सार्वजनिक Pratap Das New Nepali Song Mausam (Jhari Jastai)

2233

इन्द्रेणी न्युज, काठमाडौं। नेपालको पहिलो नेपाल आइडलका दोश्रो विजेता र युवापुस्तामाझ राम्रै चर्चा कमाउन सफल गायक प्रताप दासको अर्को नयाँ गीत सार्वजनिक भएको छ। गायक प्रताप दास सँगै अर्का गायक निर्मला उप्रेतीको सुमधुर स्वरमा सजिएको ‘मौसम’ को एल्बममा समावेश झरी जस्तै युट्युव मार्फत सार्वजनिक गरिएको हो।

पछील्लो समयका बोल माया गीत गायर चर्चामा रहेका गायक प्रकाश सपुतको अफिसियल युट्युव मार्फत सार्वजनिक गरिएको उक्त गीतमा प्रमिला बोहराको शब्द र भिम केसीको संगीत समावेश छ् भने उक्त गीतको भिडियोमा रक्की काइत्वास र निर्मला उप्रेतीको अभिनय रहेको छ। नबराज उप्रेतीको निर्देशन तथा छायांकनमा तयार भएको गीतको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन्।

Comments

comments