आमाको फोटो पोस्ट गर्दै ऐश्वर्यले ‘तिमी छौ र त म छु’ लेखेको तस्विर र् क्याप्सन भाईरल

811

एजेन्सी। भारतीय चर्चित नायिका तथा पूर्व विश्वसुन्दरी ऐश्वर्या राय बच्चनले आमाको तस्बिर पोष्ट गर्दै ‘तिमी छौ र त म छु’ भनी शेयर गरेको पोष्टले यतिबेला हंगमा नै मच्चएको छ ।

पछिल्लो पटक मे २३ तारिखमा आमाको जन्मदिनको अवसर पारेर आमासँगको फोटो पोष्ट गरेपछि यो पोष्ट सोसल मिडिया इन्स्टाग्राममा भित्रिएको छोटो समयमा नै उनका ३२ लाख फलोअर्समा मात्रै नगई विश्वभर भाइरल बनिरहेको छ ।

इन्स्टामा निकै सक्रिय उनले आफ्ना कार्यक्रम र नीजि जीवनका तस्बिर उनले इन्स्टाग्राममा पोष्ट गर्ने गरेकी छिन् । तर अलि पुरानो देखिने उक्त फोटोमा उनले आमाका लागि निकै मायाका शब्द प्रयोग गर्नु र आमासँग जोडीएको मर्मस्पर्शी कुराले पनि उनी भावुक भएको लेखिएको यो पोष्टले उनका अन्य पोष्टहरु भन्दा बढी चर्चा पाइरहेको बुझ्न सकिन्छ ।

तस्विर शेयर गर्दै उनले लेखेकी छिन्, ‘आई लभ यू, तिमी छौ र त म छु । जन्मदिनको धेरैभन्दा धेरै शुभकामना, मेरी सधैंकी बहुमूल्य मम्मी डार्लिङ’ । जुन पोष्टले निकै सकारात्मक सन्देश पनि दिइरहेको छ ।

Comments

comments