यस्तो छ सुपस्टार रजनिकांतको ‘काला’ ट्रेलर

151

सुपरस्टार रजनिकांत अभिनित फिल्म ‘काला’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रजनिकांत आफ्नै अन्दाजमा प्रस्तुत भएका छन् । उनले आफुलाई असहायको सहयोगीकै रुपमा फिल्ममा प्रस्तुत गरेका छन् । उनको इनर्जीलाई देखेर फ्यान निकै उत्साहित छन् । फिल्ममा उनि शिर्ष भूमिकामा छन् ।

जुन ७ मा रिलिज हुने फिल्मको ट्रेलर मे २८ मा रिलिज गरिएको छ । फिल्ममा रजनिकांतसँगै हुमा कुरैसी , नाना पाटेकर , सम्पथ राज , सयाजी सिन्डे लगायतको अभिनय रहेको छ । रजनिकांतकै ज्वाई तथा अभिनेता धनुषको निर्माण रहेको फिल्मलाई पीए रन्जितले निर्देशन गरेका हुन् ।

Comments

comments