शहीदको शालिकमा माल्यार्पण

60

पोखरा, १५ जेठ- एघाराँै गणतन्त्र दिवसको अवसरमा पोखराको शहीदचोकस्थित शहीद स्मृतिपार्कमा आज शहीदको शालिकमा माल्यार्पण गरिएको छ ।

प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, सुरक्षाका प्रमुख, जनप्रतिनिधिलगायत सहभागी हुनुहुन्थ्यो । गणतन्त्र दिवसकै उपलक्ष्यमा प्रदेश नं ४ प्रहरी कार्यालय पोखराको हातामा आज वृक्षरोपण गरिएको छ ।

कार्यक्रममा प्रदेश नं ४ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दानसिंह बोहरा र संघीय प्रहरी एकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरीलगायत सुरक्षा निकायका प्रतिनिधिको सहभागिता थियो ।

Comments

comments