‘मदन–शीला’ सम्मान पोखरेललाई

91

काठमाडौँ, १५ जेठ – मदन–शीला प्रतिष्ठानले यस वर्षको ‘मदन–शीला स्रष्टा सम्मान’ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

त्यसैगरी ‘मदन–शीला साहित्यिक पत्रकारिता सम्मान’ साहित्यिक पत्रिका हाम्रो पुरुषार्थ (गुल्मी)का सम्पादक शशी पन्थी र भानु (शिवानी घिमिरे) लाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ । दुवै पुरस्कारको राशि रु एक लाख रहेको छ ।

हालसम्म मदन–शीला स्रष्टा सम्मान साहित्यकार मदनमणि दीक्षित, प्रेमा शाह र वरिष्ठ गीतकार किरण खरेल र मदन–शीला साहत्यिक पत्रकारिता सम्मान वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई प्रदान गरिसकिएको छ ।

वरिष्ठ सहित्यकार मदनदेव भट्टराईको ८६औँ जन्मोत्सवको सन्दर्भमा २०७० सालमा रु २५ लाखको अक्षयकोष स्थापना गरी दुवै पुरस्कार स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ ।

Comments

comments