आइपिएलमा दिल्ली सधैं कमजोर हुनुको कारण जान्नुहोस्

754

एजेन्सी। बितेका ५ वर्षमा आइपिएलमा धेरै कुरा बदलियो तर दिल्ली डेयरडेभिल्सको भाग्य कहिल्यै बदलिएन । आइपिएल जित्नु त परको कुरा दिल्ली कहिल्यै फाइनलसम्म पनि पुग्न सकेन । यस वर्षको आइपिएलमा पनि दिल्ली अन्तिम स्थानमा रह्यो । यसअघि पनि २०११, २०१३ र २०१४ मा दिल्ली अन्तिम स्थानमा थियो । दिल्ली सधैं पछि पर्नुको कारण के होला ? पूर्व क्रिकेटर मदनलालले एक भारतीय दैनिकसँग कुरा गर्दै यसका ५ कारण बताएका छन् ।

१. टिममा स्थिरता छैनः दिल्लीको कप्तानीमा कहिल्यै स्थिरता रहेन । हरेक सिजनमा टिम नयाँ कप्तानसँग खेल्यो । यसपटक त गौतम गम्भीरले प्रतियोगिताको बीचमै कप्तानी छोडिदिए । यसैगरी टिमका खेलाडी पनि सधैं फेरिइरहे । यही कारण खेलाडीहरुमा प्रतिबद्धताको कमी रह्यो ।

२. खेलाडी छनोटमा रणनीति छैनः अन्य टिमले खेलाडी छनोट गर्दा युवा र अनुभवीको सन्तुलन कायम गरे । ब्याट्सम्यान र अलराउण्डरको पनि सन्तुलनमा ध्यान दिए । दिल्लीले ठिक विपरित खेलाडीको सन्तुलनमा ध्यान दिएन । खेलाडी किन्ने बेला पनि उनीहरुको कुनै रणनीति थिएन । बिना योजना टिम रोजियो ।

३. ठूला खेलाडीमा निर्भरताः दिल्लीको टिम सधैं एक–दुई जना स्टार खेलाडीमा निर्भर रह्यो । पहिले वीरेन्द्र सहवाग, एबी डिभिलियर्स, डेभिड वार्नरजस्ता खेलाडी र यसपटक गौतम गम्भीर, श्रेयस अय्यरमाथि टिम निर्भर रह्यो । खेलमा पूरै टिमको योगदान हुनुपर्छ । तर सीमित खेलाडीमा निर्भर रहँदा खेल जित्न सकिन्न ।

४. खेलाडीमा असुरक्षाः दिल्लीको टिमबाट खेलिरहेका खेलाडीमा सुरक्षाको अनुभूति हुन पाएन । खेलाडीलाइ सधैं यही लाग्यो कि केही खेलमा राम्रो खेल्न नसकेमा उनीहरु टिमबाट विदा हुनेछन् । यही कारण खेलाडीमा टिमप्रति प्रतिबद्धताको कमी रह्यो ।

५. व्यवस्थापनको सहयोग छैनः टिमले टिम म्यानेजमेन्टको सहयोग कहिल्यै पाएन । यही कारण रिकी पोन्टिङजस्ता कोच पनि टिमको रणनीति बनाउन इच्छुक देखिएनन् । पोन्टिङजस्ता खेलाडीले समेत रणनीति बनाउन इच्छा नदेखाएपछि टिमका खेलाडीमा पनि जित्ने योजना बनाउन इच्छाको कमी देखियो ।

Comments

comments