‘बोबी’को ‘आँखाको नानी’मा यि दुई रियल जोडीको प्रेम (हेर्नुस् भिडियो)

195

इन्द्रेणी न्युज, काठमाडौं। निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘बोबी’को ‘आँखाको नानी’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ। मंग्लबार राजाधानिमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले ‘आँखाको नानी सार्वजनिक गरेको हो। असार २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्र उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्माण गरिएको हो सार्वजनिक गीतमा रियल कपल उमेश र कविता फिचर छन् ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन छ भने चलचित्रमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा राजेश पायल राई र दीपा लामाको स्वर सुन्न सकिन्छ ।

नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले पर्दामा इतार्ने प्रयास गरेका छन। कविराज गहतराजको कोरियोग्राफी रहेको यस चलचित्रको निर्माता पनि चाम्स नै रहेका छन।

चलचित्रमा उमेश र कविताका अलावा फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

&nbsp

Comments

comments