राणावीरसँग विबाह गराउन दीपिकाको परिवारलाई हतार, ज्योतिषीले दियो यस्तो प्रतिक्रिया

234

एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकाेण तथा अभिनेता रणवीर सिंहबीच १९ नाेभेम्बरमा बिहेकाे मिती तय भएकाे छ। प्रेम सम्बन्धमा रहेका उनीहरूकाे विवाह मुम्बर्इमा हुने भारतीय दैनिक पत्रिका भाष्करले उल्लेख गरेकाे छ। दीपिकाकाे परिवारले ज्योतिषीलाई हेराएपछि बिहेकाे मिति तय भएकाे हाे ।

दीपिकाकै परिवारले तय गरेकाे मितिमा बिहे गर्न रणवीरकाे परिवार पनि सहमत भएको हाे । उनीहरूकाे बिहे दक्षिण भारतीय संस्कार अनुसार हुने भएकाले विवाहमा रणवीरले पारम्परिक मुन्डु पोसाक लगाउनेछन्। पछिल्लो समय यो जोडीको बिहेको खबरले निकै चर्चा पाएको छ ।

तर, भर्खरै रणवीर र दीपिकाको जोडीलाई लिएर निर्माता तथा निर्देशक करण जोहरले ‘ब्रेकअप’को आशंका व्यक्त गरेका छन् । जोहरले यो जोडीको लङ डिस्टान्स रिलेसनसिपका कारण ब्रेकअप हुन सक्ने सम्भावना रहेको बताएका हुन् । नागरिकमा खबर छ ।

उनले रेडियो सो ‘रिभर्स -यापिड फायर’मा यो कुराको खुलासा गरेका हुन् । कुन बलिउड सेलेब्रिटीको लङ डिस्टान्स सम्बन्धको कारण ब्रेकअप हुन सक्छ भन्ने एक कलरले सोधेको जिज्ञासामा उनले भने, ‘मलाई रणवीर सिंह र दीपिका पादुकोणको सम्बन्धलाई हेर्दा त्यस्तो लाग्छ ।

Comments

comments