सरकारले छुट्टायो काठमाडौं निजगढ ‘फास्ट ट्रयाक’का लागि १५ अर्ब ३९ करोड बजेट

126

काठमाडौं, १६ जेठ। सरकारले काठमाडौं निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक)का लागि १५ अर्ब ३९ करोड बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०७५र०७६ को बजेटमा द्रुतमार्गका लागि १५ अर्ब ३९ करोड ७८ लाख बराबरको रकम विनियोजन गरिएको हो । यसमा नेपाल सरकारको ५ अर्ब ६४ करोड र वैदेशिक अनुदानबाट ९ अर्ब ७५ करोड रुपैयाँ खर्च गरिनेछ ।

द्रुतमार्ग निर्माण गरिरहेको सेनाले भने आगामी आर्थिक वर्षका लागि काम अघि बढाउन ३८ अर्ब बजेट माग गरेको थियो । चालु आर्थिक वर्षमा सरकारले यो सडकका लागि १० अर्ब १४ करोड बराबरको रकम छुट्टाएको थियो । तर, सेनाले ८ अर्ब ५३ करोड मात्रै खर्च गरिसक्ने अनुमान गरिएको छ ।

Comments

comments