यीनै हुन् प्रियंका चोपडाको नयाँ प्रेमी

574

एजेन्सी । बलिउडदेखि हलिउडसम्म आफ्नो छाप छाड्न सफल अभिनेत्री प्रियंका चोपडा फेरि चर्चामा आएकी छिन् । प्रियंकाले अहिलेसम्म आफ्नो प्रेम सम्बन्धबारे खुलेर बोलेकी छैनन् । बलिउड हुँदै हलिउड सम्म आफ्नो प्रभाव जमाउन सफल नायिकाको बेलायतमा राजघरानासंग पनि राम्रो सम्बन्ध र उठबस छ ।

हालै प्रियंकाको सार्बजनिक एक भिडियोमा आफ्नो ब्वाइफ्रेन्ड निक जोनसका साथमा देखिएकी हुन् । जसको बारे अहिले चर्चा परिचर्चा हुन थालेको छ । प्रियंका आफनो प्रेमी निकका साथ बेस बल स्टेडीयममा सँगै देखिएकी छिन् यसअघि पनि उनि निक सँगै विभीन्न कार्यक्रमहरुमा सँगसँगै भेटिएकी थिईन ।

प्रियंकाको मित्रता बलिउड हलिउडका कलाकार संग मात्र नभयर बेलायतको राजघराना संग पनि भएसँगै उनको चर्चा परीचर्चा र ब्यस्तता उनलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ । पछिल्लो समय प्रियंका सिंगल रहेको र भनेजस्तो भेटीए विवाह गर्न तयार रहेको खवरहरु आइरहँदा प्रियंका अभिनेता तथा गायक निकसँग विभिन्न कार्यक्रममा लगातार भेटीनुले दुई बिच प्रेम सम्बन्ध रहेको सहजै अनुमान लगाउन सकिन्छ । २०१७ मा निक र प्रियंका एक रेड कार्पेटमा सँगै देखिएका थिए भने हालै उनीहरु एक पार्टीमा पनि एकसाथै भेटिएका थिए ।

Comments

comments