सेक्स काण्डमा पूर्व डिएसपी, डिआईजीसहित ५ जना दोषी ठहर

145

एजेन्सी । अदालतले सेक्स काण्डमा संलग्न पूर्व डिएसपी, डिआईजीसहित ५ जनालाई दोषी ठहर गरेको छ।

बाह्र बर्ष पुरानो जन्मु कश्मीर सेक्स काण्डमा अदालतले उच्च पदस्थसहित ५ जनालाई दोषी ठहर गरेपछि भारतमा हलचल मच्चिएको छ। सीबीआई अदालतले आज उक्त मुद्दाको फैसला सुनाउँदै ५ जनालाई दोषी ठहर गरेको हो। अब उक्त मुद्दामाथि सजायको फैसला भने जुन ४ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दोषी ठहर हुनेमा बीएसएफका पूर्व डिप्टी इन्सपेक्टर जनरल, पूर्व सुपरिटेन्डंट अफ पुलिस मोहम्मद र तीन स्थानीय युबक छन्।

उक्त घटना जन्मु कश्मिरको श्रीनगरमा सन् २००६ मा बाहिरीएको थियो, जब १५ वर्षीय युवतीसँगको पोर्नोग्राफिक सिडी प्रहरीसम्म पुर्याइएको थियो। त्यसपछि राज्यमा सेक्स काण्डमा कयौँ भिभिआईपी व्यक्तिको कर्तुत बाहिरीएको थियो। त्यसपछि प्रहरीले उक्त काण्डका बारेमा दुई युवतीसँग सोधपुछ गरेको थियो । सोधपुछपछि ५६ व्यक्तिका बारेमा पत्ता लाग्यो, जो उक्त सेक्स रेकर्डमा संलग्न रहेका थिए।

यसै काण्डमा जम्मू कश्मीरका मुख्य मन्त्री उमर अब्दुल्लाहलाई २००९ सालमा पदबाट निलम्बन गरिएको थियो।

Comments

comments