फेसबुकका संस्थापक जुकरवर्गलाइ संसदमा सम्बोधनको निम्तो

150

काठमाडाैं,१६ जेठ –  रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ ।
सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उहाँलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिनुभयो ।
“हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ,” मत्भीयेन्कोले एक समाचार संस्थासँग भन्नुभयो ।

जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उहाँले बताउनुभयो । – रासस

Comments

comments