ओली सरकारलाई काँग्रेस नेता लेखकले दिए यस्तो काउण्टर, ओली र खतिवडा तनावमा

61

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखकले केपी ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा कन्चनपुर लगायत ७ नम्बर प्रदेशलार्इ उपेक्षित गरिएको बताएका छन्।

७ नम्बर प्रदेशको कन्चनपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलार्इ सम्बोधन गर्दै उनले वर्तमान सरकारले कुनै नयाँ नौलो बजेट नल्याएको बताए।

उनले भने,’विगतका वर्षहरुमा आउने बजेट जस्तै नै वर्तमान सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको हो तर यसमा कन्चनपुर लगायत ७ नम्बर प्रदेशलार्इ
उपेक्षित गरेको छ।’

उनले भने,’यो बजेटमा कुनै तुक छैन, वर्तमान सरकारले बजेट भाषणको क्रममा पाना भरेर सोझा जनतालार्इ फेरी ढाँटन खोजेछु’

उनले थप्दै भने,’निर्वाचनअघि गरेको प्रतिवद्धताअनुसार नवगठित नेपाल कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरे पनि घोषणापत्रमाअगाडि सारेका योजना समावेश गर्न नसक्नु झुठो बोले सरह भएको छु।’

नेता लेखकले वामपन्थी सरकारले निर्वाचनअघि घोषणापत्रमा पाँच हजार रुपैँया बृद्धभत्ता दिने घोषणा गरेको थियो तर त्यो अनुसार बजेट नल्याउँदा सोझा जनतालार्इ वर्तमान सरकारले फेरी ठग्ने काम गरेको आरोप लगाए।

उनले भने,’तत्कालिन एमाले र माओवादीले गएको चुनावमा बृद्धभत्तालाई पाँच हजार रुपैँया पुर्याउने घोषणा गरेका थिए । तर, चुनावका बेला गरिएको त्यो घोषणा मंगलबारबाट आश्वासनमा मात्रै सीमित भएको छ।’

त्यस्तै नेता लेखकले अर्को प्रसंगमा कांग्रेस भित्र कुनै ठुलो विवाद नरहेको स्पष्ट पारेका छन्। उनले भने’ पार्टीको विधान छिट्टै नै संशोधन गरेर आन्तरिक विवादलार्इ टुङ्गो लगार्इने छ।’

Comments

comments