इन्द्रेणी न्युज, काठमाडौं। सन्जय दत्तकाे बायाेग्राफीमा अाधारित चलचित्र सन्जुकाे ट्रेलर सार्वजनिक भएकाे छ। याे ट्रेलरमा लभ लाईफ,फ्रेण्डसिप,फिल्म,जेलमा बिताएका दिनलाई समेटिएको छ।
३ मिनेट लामाे ट्रेलरमा रणवीर कपुर ,मनिषा काेईराला,साेनम कपुर,अनुष्का शर्मा,परेश रावल,दिया मिर्जा ,विक्की काैशल ,जीम सरभ लगायतका कलाकार अटाएका छन।
चलचित्रमा मनिषा काेईराला अामाकाे भुमिकामा देखिएकी छन। सज्जय दत्तकी अामा नरगिसकाे राेल उनकाे भागमा परेकाे हाे। त्यस्तै साेनम कपुर टीना मुनीम जाे सञ्जय दत्तकी पहिली गलफ्रेण्डकाे भुमिकामा अनि अनुस्का शर्मा सञ्जय दत्तकी वकिलकाे रूपमा छन।
परेश रावल सुनील दत्तकाे भुमिकामा,विक्की काैशल दाेस्तकाे भुमिकामा,दिया मिर्जा मान्यता दत्तकाे भुमिकामा देखिएकी छन भने जिम सरभ सलमान खानकाे भुमिकामा छन। राज कुमार हिरानी निर्देशित याे चलचित्र जुन २९मा रिलिज हुदैछ।