दीया सँग प्रशान्त र अर्पणको ‘कस्मिक लभ’

275

इन्द्रेणी न्युज, काठमाडौं। मुभी मेकर्स निर्माण र सुरज प्रधानको प्रस्तुति चलचित्र ‘कस्मिक लभ’ निर्माण हुने भएको छ। अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्केको मुख्य भूमिका रहने यस चलचित्रका निर्माण युनिटले असारको पहिलो साताबाट छायांकन थाल्नेछ भने यी तीन पात्रले पहिलो पटक एकसाथ काम गर्ने लागेका हुन्।

जय गौतमको निर्माण र शंखर अधिकारीको निर्देशन रहने यस चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन। शेखर ज्ञावालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व रहने छ। चलचित्रमा यी तीन मुख्य मात्रको भूमिकामा रहनेछन भने चलचित्रका लागि अन्य कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्माण युनिटले बताएको छ।

Comments

comments