अर्को सिजन रियल म्याड्रिड जानेबारे नेयमारले दिए यस्तो रुखो जवाफ

432

लन्डन – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले अर्को सिजन रियल म्याड्रिड जाने हल्ला चलाईनु वाइयात भएको बताएका छन् । चोट ठिक भएर पूर्ण रुपमा खेल्नका लागि तयार हुने प्रतिक्षामा रहेका बेला यस्ता हल्ला अनावश्यक भएको उनले तर्क छ । छन् ।

बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेको केहि महिनापछि नै उनी रियल जाने हल्ला सुरु भएको थियो । ‘म अहिले ब्राजिलियन टोलीमा केन्द्रित छु,’ नेयमारले भने,‘ मान्छेहरु अनावश्यक हल्ला चलाई रहेका छन् । जसको जवाफ दिन आवश्यक छैन ।’

उनले सतप्रतिशत ठिक भएर मैदान फर्कन अझै केहि समय लाग्ने बताएका छन् । ‘शारीरिक रुपमा म ठिक छु । मेरो खुट्टा पनि ठिक छ । म केहि अभ्यस्त हुने कोशिस गरिरहेको छु । मलाई अझै केहि अप्ठेरो भने छ ,’ उनले भने,‘ तर, धेरै ठूलो समस्या नभएपनि सत प्रतिशत ठिक हुन बाँकी छ । ’

विश्व कपका लागि अझै केहि समय बाँकी रहेकाले त्यति बेला सम्म पूर्ण रुपमा ठिक हुनेमा उनी आशावादी छन् । सुपर स्टारहरु सम्मिलित ब्राजिललाई विश्व कपको बलियो दाबेदार मध्ये एकका रुपमा हेरिएको छ । यद्दपी छैटौं पटक ब्राजिल विश्व कप विजेता बन्नका लागि नेयमार भने ठिक हुन आवश्यक रहेको कतिपयको तर्क छ ।

Comments

comments