हरेक प्रदेशमा रंगशाला बनाउँछौँ-सरकार

93

काठमाडौं। सरकारले हरेक प्रदेशमा रंगशाला बनाउने भएको छ । सरकारले हरेक प्रदेशमा ठूला रंगशाला बनाउने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा हरेक प्रदेशमा ठूला रंगशाला बनाउने उल्लेख छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र तेह्रौ दक्षिण एसियाली खेलकुदको संरचना निर्माणको लागि २ अर्ब ४ करोड रुपैयाँ सरकारले छुट्याइएको छ । स्थानीय तहमा खेल ग्राम बनाइने पनि बजेटमा उल्लेख छ ।

नेपाल सरकारले हरेक जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले केहीबेरअघि शुरु भएको बैठकमा बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् । आजकै मन्त्रिपरिषद्को बैठकले उक्त बजेटलाई पारित गरेको थियो । यही जेठ ७ गते संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गरिएको छ । यसअघि धुर्मुस सुन्तलीले रंगशाला बनाउने घोषणा गरेसँगै सरकारले यस विषयमा पनि निकै चासो देखाएको छ ।

Comments

comments