२ बिद्यार्थी पढाउने हाँस्य कलाकार जिग्री–पाँडेलको घोषणा

314

इन्द्रेणी न्युज, काठमाडौं। सरकारको १ व्यक्ति १ विद्यार्थी भर्ना कार्यक्रमलाई साथ दिँदै हाँस्य कलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लेजिल्धुपाल्चोकका दुई बालबालिकालाई पढाइदिने भएका छन् । ९ महिना हुँदा बुवा बितेका र आमाले पनि छोडेर हिँडेपछि बेसहारा बनेका अभी ब्लोन (तामाङ) र ४ कक्षामा अध्ययनरत कञ्चन भुजेललाई उच्च माध्यमिक तहसम्म शिक्षा दिने जिम्मेवारी लिएका छन् भने यी दुवै बालबालिकालाई सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाविस–८मा रहेको श्री लागर्छे माविमा भर्ना गरिदिएका छन् ।

अभीलाई एक संस्थाले ८ कक्षासम्म पढाउन सहयोग गरेको र त्यसपछि उनका मामा सानो कान्छा तामाङले जसोतसो पढाईरहेका थिए । सानो कान्छाको पनि आर्थिक अवस्था दयनीय रहेको छ । त्यस्तै कञ्चनको पनि पारिवारिक अवस्था अत्यन्तै कमजोर छ । उनको पनि आमा छैनन् । उनलाई १० कक्षासम्म पढाइदिने जिग्री र पाँडेले जनाएका छन् ।

Comments

comments