‘हत्या भएका’ पत्रकार ज्यूँदै फर्किएपछि…

220

काठमाडाैं,१७ जेठ – यक्रेनको राजधानी  किभमा एकजना रुसी पत्रकारको हत्या भएको खबरले संसार तरंगित भयो । धेरैजनाले मारिएका भनिएका पत्रकार अर्काी बबन्चेकाेलाइ श्रद्दान्जली पनि दिए । उनलाइ कस्ले मारेको भन्ने विषयमा रुस र युक्रेनविच दोहोरी पनि चल्यो ।

तर हत्या भएको भनेर संसारभर खबर फैलाइएका ति पत्रकार बबन्चेको २४ घन्टा नवित्दै जिवितै देखिएका छन ।

हत्या भएको भनिएको २४ घन्टामा उनि पत्रकार सम्मेलनमा देखिएपछि उनिमाथी युक्रेनले ठुलो षड्यन्त्र गरेको बुझिएको छ ।  मंगलबार अबेर ४१ वर्षका पत्रकार अर्काडी बबचेन्को युक्रेनको राजधानी किएभमा गोली हानी हत्या भएको खबर आएको थियो ।

त्यसमा भनिएको थियो कि उनी श्रीमतीले गोलीको आवाज सुनेर जब आफ्नो फ्ल्याटबाट बाहिर आइन् अर्काडी बबचेन्को रक्तामे अवस्था थिए । र एम्बुलेन्समा अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो ।

 

युक्रेनले भने रुसले नै ती पत्रकारलाइ मार्न लगाएको तर उसको योजना असफल भएको जनाएको छ ।  रुसले यो अारोप अस्विकार गर्दै युक्रेनमाथी कडा कदम चालिने र यो घटनाको जवाफ महँगो हुने चेतावनी दिएको छ ।

Comments

comments