मुम्बई– बलिउड अभिनेता सलमान खान १० वर्षपछि टेलिभिजन शो ‘दश का दम’ लिएर आएका छन्। सोमबार राति शो को लञ्च गर्दै सलमानले आफ्नो अनुभव शेयर गरेका छन्।
पिता सलीम खानको प्रेरणामा आफू टेलिभिजनमा फर्किएको बताउँदै सलमानले आफूले विदा नलिई निरन्तर काम गर्ने गरेको सुनाए। छुट्टी विना हरेक दिन काम गर्दै आएका सलमानले यसबारे आफ्नो अनुभव सुनाउँदै भने– मेरो बुझाई यो छ कि जब म हरेक दिन काम गर्छु, यसबाट कति धेरै मानिसले रोजिरोटी पाउँछन्। यसकारण छुट्टी लिएर घर बस्नुभन्दा पनि मैले हरेक दिन काम गर्नुपर्छ। मेरो जीवन नै मेरो अवकाश हो।’
पछिल्लो समय फिल्म रेस ३ को ट्रेलर रिलिज भएसँगै चर्चामा रहेका सलमानको यो फिल्म ईदमा प्रदर्शन हुँदैछ। फिल्ममा उनीसँगै अनिल कपुर, बबी देबल, साकिब सलीम, ज्याक्लिन फर्नाडिज लगायतको मुख्य अभिनय रहेको छ।