अनतत: बन्ने भयो भाइरल बालगायक दर्जिको घर

461

इन्द्रेणी न्युज, काठमाडौं। युटुबमा गीत गायर भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीको परिवारका लागि घर निर्माण हुने भएको छ । हाल भएको घर नजिकै अशोको परिवारका लागी नयाँ घर बन्ने भएको हो । घर निर्माणका लागी १० धुर जग्गा खरीद गरिएको छ भने विहिबार घरको शिलान्यास गर्ने कार्यक्रम रहेको घर निर्माण समितीका संयोजक पूर्ण वाइवाले जानकारी गराएका छन् ।

करीव १० लाखको लागतमा ३ कोठे घर निर्माण गर्नें योजना रहेको पनि उनले जानकारी दिएका छन् । त्यस्तै अशोक पढ्ने स्कुल बेथेल एजुकेशनले पनि अशोकलाई शिक्षाबाट बन्चित नहोस भनेर ग्राजुएसन सम्म पढाईको लागि आफ्नो तर्फबाट पुरा सपोर्ट गर्ने प्रतिबद्धता जनाएको छ । हेर्नुस् उनि पढ्ने स्कुलका प्रिन्सिपल र उनि संग गरिएको कुराकानी ।

अशोक दर्जी घर निर्माण समितिको सचिवमा संचारकर्मी जिवन चुडाल, कोषाध्यक्षमा रुपक सापकोटा, सदस्यहरुमा पत्रकार किशोर श्रेष्ठ, अन्नपुर्ण पोष्टका पत्रकार लोकनाथ रिजाल, बिबेक हिङमाङ, केदार बुढाथोकी, ममता राना लगायत रहेका छन् । समितिले अशोकको परिवारका लागी उचित ब्यवस्थापन गर्ने उदेश्यले जग्गाको खोजी गरि घर निर्माण गर्न लागेको संयोजकले जानकारी गराएका छन् ।दर्जीको घर निर्माणका लागी देशविदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गर्ने कार्य भइरहेको आर्थिक समितीका संयोजक तथा गायक टंक बुढाथोकीले जानकारी गराए ।

Comments

comments