‘रणवीर’को प्रदर्शन मिती तय, जान्नुहोस् कहिले ?

153

इन्द्रेणी न्युज, काठमाडौं। गोविन्दसिंह भण्डारी को निर्देशानमा तयार भएको पतिक्षित चलचित्र ‘रणवीर’को प्रदर्शन मिती तय भएको छ। चलचित्रको लागि अझै दुइगीत छायाँकन गर्न बाँकी रहेको र हाल पोष्टप्रोडक्सनको काम भइरहेको भएपनी चलचित्र निर्माण युनिटले चलचित्र मङ्सिर १४ गते लाई प्रदर्शन मिती तय गरेको हो।

एक्सन , सस्पेन्स र थ्रिल मिश्रित चलचित्रको शिर्ष भूमिकामा सुशील सिटौला रहेका छन् । उनले चलचित्रकै लागि आफ्नो शरीरमा बदलाव समेत ल्याएका छन्, जसलाई सार्वजनिक हुने भिडियो सामाग्रीले प्रस्ट्याउने विश्वास निर्माण टीमको रहेको छ ।
शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर निर्माण भएको चलचित्रमा महेश पौडेलको छायाँकन, चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत छ भने गम्भिर र सुरेनको कोरियोग्राफी रहेको छ।

मोडलिङमा आफ्नो छुटै पहिचान बनाउन सफल शुभेच्छा खड्का र सुपुश्पा भट्टको डेब्यु रहेको यस चलचित्रमा प्रशान्त ताम्राकार, हरिहर शर्मा,नरेश पौड्याल,टिका पहाडी,रवी गिरी,जीवन भट्टराई,बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।

Comments

comments