‘लभ स्टेशन’मा दोहोरिदै प्रदिप खड्का र जसिता गुरुङको जोडी

269

इन्द्रेणी न्युज, काठमाडौं। अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ चलचित्र ‘लभ स्टेशन’ मार्फत फेरि एकसाथ देखा पर्ने भएका छन्। यसअघि चलचित्र ‘लिलिबिलि’मा सँगै काम गरेका यो जोडी पुन: एकपटक ‘लभ स्टेशन’ मार्फत पर्दामा सँगै देखिने भएका हुन।

लव स्टोरी जनारामा निर्माण हुने चलचित्रमा खड्काको पनि निर्माण रहने छ। वितरक तथा निर्माता गोविन्दा शाहीसँगको सहकार्यमा अभिनेता प्रदीपले चलचित्रको नामा समेत लव स्टेसन राखेको खबर बाहिरिएको छ।

निर्देशक उज्जव घिमिरेको निर्देशनमा तयार हुने यस चलचित्रको हाल स्क्रिप्ट को काम सुवास सिंह बस्नेतले गरिरहेका छन् भने नायक प्रदिप खड्का भने चलचित्र ‘रोजी’ छायाकनमा व्यस्त छन्।

Comments

comments