भैंसी काटेको आरोपमा मुछिए गोविन्दा,यसरी बाहिरीयो उनले भैँसी काटेको खबर

257

एजेन्सी। भारतीय चर्चित अभिनेता गोविन्दा फेरी एक पटक चर्चामा आएका छन् । उनी चर्चामा आउनुको कारण हो भैंसीलाई बली दिनु । आसामका चर्चित गायक तथा फिल्मकर्मी जुबेन गर्गले यो विषयलाई सामाजिक सञ्जालमार्फत बाहिर ल्याए लगत्तै गोबिन्दा विबादमा तानिएका छन् ।

गोबिन्दालो गुहाटीस्थित कामाख्या मन्दिरमा गत सोमबार दर्शन गर्न पुगेका उनले भैंसी बली दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । गायक तथा फिल्मकर्मी जुबेन गर्गले गोविन्दाले भैंसी काटेको आफूले सुनेको भन्दै ट्विटरमा ‘भगवानले कहिले पनि पशु बली माग्नु हुन्न ।

पशुको बली दिन होइन, बलिदान गर्न सिक्नुस गोविन्दा जी ।’ भनेर लेखे लगत्तै यो ट्विटले अहिले भायरुल रुप धारण गरेको छ । उक्त एक ट्विटका कारण मानिसहरु गोविन्दाको पक्ष र विपक्षमा बाँडिएर बहस गरिरहेका छन् । हिन्दूवादीहरुले भने गोविन्दाको बचाउ गरेर प्रथिक्रिया दिइरहेका छन् ।

Comments

comments