इन्द्रेणी न्युज, काठमाडौं। साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘पण्डित बाजेको लौरी’को ‘चोली तुना’ बोलको गीत सार्वजनिक भएको छ। बिहीवार राजाधानिमा आयोजित एक कार्यक्रमका विच चलचित्र निर्माण युनिटले चोली तुना बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा विवाहका केही झलक देखाउनुका साथै नायिका सन्ध्या केसी आइटम डान्सका साथमा प्रस्तुत भएकी छिन् भने उनलाई चलचित्रका केही कलाकारहरुले साथ दिएका छन।
मिना निरौला र श्रीकृष्ण बम मल्लको आवाज रहेको उक्त गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत र बिक्रम स्वरको कोरियोग्राफी रहेको छ। विदुर पाण्डेले खिचेको यस चलचित्रको सम्पादन मित्र डी गुरुङले गरिरहेका छन् ।
एउटै गाउँका बादी परिवार र पण्डित्याइ गर्ने परिवार बिचको सम्बन्धलाई मेन मुदा बनाएर उठान गरिएको यस चलचित्रमा दीपक ओलीको निर्देशन,थमनकुमार भण्डारी र किशोर खड्काकाे निर्माण, र चलचित्रको कथा,पटकथा र संवाद महेश दवाडीको रहेको छ।
अध्रित फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा प्रवीण,सन्ध्या र विजयको अलावा भोलाराज सापकोटा, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।