सुनकाण्डमा मुछिएका एसएसी श्रीमतीको दाबी– मेरो श्रीमान लुकेका थिएनन, भारतमा उपचार गराउदैं हुनुहुन्थ्यो

231

काठमाडौं। ३३ किलो सुन प्रकरणमा मुछिएका एसएसपी श्याम खत्रीकी श्रीमती गीता खत्रीले आफ्नो श्रीमान भागेको नभई दिल्लीमा उपचार गरिरहेको बताएकी छन् । बिहीबार मोरङ जिल्ला अदालतमा आफैँ उपस्थित भएका खत्री श्रीमतीले अहिलेसम्म श्रीमान उपचारको लागि भारतमा रहेको बताएकी छन् । मोरङ जिल्ला अदालत परिसरमा भेटिएकी श्रीमती गीता ले आफ्ना श्रीमान लुकेर नबसेको दावी गरिन् ।

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापक खोजी भइरहेका अभियुक्त एसएसपी खत्रीविरुद्व प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । सुन काण्डका मुख्य अभियुक्त बनाइएका चूडामणि उप्रेती ‘गोरे’ले मोरङ अदालतमा सुन तस्करीको सेटिङबारे एसएसपी श्याम खत्रीलाई जानकारी भएको बयान दिएका थिए ।

उनले आफ्ना पति वैशाख ११ गते भारतमा साथीको छोरीको बिहेमा गएको र त्यही उनको ढाड सड्किएपछि उपचारमै रहेको बताइन् ।

एसएसपी खत्रीको सुन तस्करीमा कुनै संग्लनता नरहेको उनको दाबी छ । भारतबाट फर्किएपछि आफूहरु वकिलको सल्लाहमा अदालतमा उपस्थित भएको उनले बताइन् ।

Comments

comments