इन्द्रेणी न्युज, काठमाडौं। जन्मदिनको अवसर पारेर गायक कमल के क्षेत्रीले नयाँ गीत सार्वजनिक गरेका छन्। जन्मदिनको अवसर पार्दै उनले ‘कहाँ पाइन्छ र’ बोलको गीत सार्वजनिक गरेका हुन्।
विभोर पोखरेल निर्देशित भिडियोमा मोडल अकेशा विष्ट र कमल आफैं प्रस्तुत छन् । भिडियोका छायाँकन कलकत्ताको वेष्ट बंगालमा गरिएको छ । अनिल के मानन्धरको छायाँकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । कमलले गाएका नाच न, आइ लभ यू, तिम्रै मायाले, कोदोकोला जस्ता गीतहरु हिट छन् ।