ढुंगेल आममाफी काण्ड : राष्ट्रपतिलाई पनि छोडेन कांग्रेसले, मदन भण्डारीको नाम आउँदा खैलाबैला

678

इन्द्रेणी न्युज, काठमाडौं। नेपाली कांग्रेसले कर्तव्य ज्यान मुद्दामा जेल सजायँ काटिरहेका तत्कालिन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयको चर्को विरोध गरिरहेको छ। कांग्रेसले गणतन्त्र दिवसको अवसर पारेर आममाफीको सिफारिस गर्ने सरकार र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको समेत विरोध गरेको छ।

कांग्रेसले मदन भण्डारीको हत्या प्रकरणलाई जोडेर राष्ट्रपति भण्डारीमाथि गम्भीर प्रश्न नै उठाएको छ। जुन प्रश्नले शीतल निवासमा खैलाबैला भएको सूचना प्राप्त भएको छ।

ढुंगेलको आममाफी प्रकरणमा कांग्रेसले राष्ट्रपति भण्डारीमाथि गम्भीर नैतिक प्रश्न उठाउँदै मदन भण्डारीको हत्यारा भएको व्यक्ति भए उसले आममाफी पाउँथ्यो वा पाँउदैनथ्यो भनेर सोधेको हो। यो प्रश्नले राष्ट्रपति कार्यालय शीतल निवासमा चिन्ता छाएको हो। राष्ट्रपति भण्डारीले यो प्रश्नलाई गम्भीर रुपमा लिएको बुझिएको छ।

कांग्रेस मुख्यालयबाट पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने– ‘अमुक व्यक्ति गणतन्त्र दिवसको दिन छुट्नुभएछ, म उहाँको नाम लिन चाहन्न, यसलाई यतिमात्र प्रश्न दिए पुग्छ, सम्माननीय राष्ट्रपतिज्यूको टेबलमा उहाँ आफैँले आशंका गरेजस्तो स्वर्गीय सम्मानित नेता मदन भण्डारीजीको निधनका पछिल्तिर यदी हत्याको कारण थियो र टेबलमा यो प्रस्तावित भएको थियो भने आममाफीको लागि उहाँले हस्ताक्षर गर्नुहुन्थ्यो कि गर्नुहुन्नथ्यो रु’

उनले चालचलन ठीक भनेको के रु भन्ने प्रश्न गर्दै थपे– ‘सत्यनिरुपण तथा मेलमिलाप आयोगले हेर्ने भन्दा फरक मुद्दा, अदालतमा फैसला भएको, अदालतमा हेर्दाहेर्दैमा रहेको र विचाराधीन रहेको मुद्दालाई भोलिपल्ट चालचलन ठीक ? चालचलन ठीक भनेको के हो रु अदालतले दिएको फैसला मान्दिन, जेलमा बस्न तयार छैन भनेर अस्वीकार गरेर भागेर हिँड्ने कुरा चाहिँ चालचलन ठीक भएको कुरा हो रु’

यसअघि नेता गगन थापाले ढुंगेल आममाफी प्रकरणमा संसदबाट सरकारको कडा विरोध गरेका थिए। त्यस्तै, नेविसंघले अर्धनग्न भएर प्रदर्शन गरेको थियो।

Comments

comments