काठमाडाैं, १८ जेठ – उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा हावाहुरी र वर्षासँगै हिँजो साँझ परेको चट्याङबाट तीन जनाको मृत्यु भएको छ ।
ताम्लिछाका कृष्णबहादुर भुजेलका घरमा चट्याङ पर्दा उनकी आठ वर्षीया छोरी विष्णुमाया, ६३ वर्षीय धनप्रताप राई र खड्गबहादुर भुजेलका ११ वर्षीय छोरा कौशलको मृत्यु भएको प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । अन्य दुई पनि घाइते भएको प्रहरीले बताएको छ ।