वेष्टइन्डजसँग हार्यो सन्दीप लामिछानको टिम

269

काठमाडाैं,जेठ १८ – सन्दीप लामिछाने रहेकाे अाइसिसी  विश्व ११ को टिम वेष्टइन्डिजसँग पराजित भएको छ । २ सय रनको लक्ष्य पछ्याएको विश्व ११ एक सय २७ रनमा अलअाउट भएपछि ७२ रनले पराजित भएको हो । बलिङतर्फ १ ओभर मात्र गर्न पाएका सन्दीपले ब्याटिङमा भने नटआउट रहे ।  विश्व ११ को बलिङमा सन्दीपले १ ओभर मात्र बलिङ गर्दै १२ रन खर्चेका थिए ।

विश्व ११ का रशिद खानले २ विकेट लिँदा मलिक र शहिद अफ्रिदीले १-१ विकेट लिए । २ सय रनको लक्ष्य पछ्याएको विश्व ११ ले ८ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । तर थिसरा परेराले उत्कृष्ट ब्याटिङ् गरेपछि विश्व ११ लज्जास्पद हारबाट बचेको छ । विश्व ११ का  तामिम इकबाल २, लुक रोन्ची ०, स्याम बिलिङ्स ४ र दिनेश कार्तिक शुन्य रनमा अाउट भए ।परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मदतले ६१ रन जोडे  वेस्ट इन्डिजका केज्रिक विलियम्सले ३ विकेट लिँदा स्यामुएल बद्रि र रसलले १-१ विकेट लिए ।

Comments

comments