विश्वकप खेल्ने जर्मनका खेलाडीविच मुक्कामुक्की

657

काठमाडाै‌ं, जेठ १८ – विश्वकप जित्ने लक्ष्यसहित टिम घोषणा गरेको जर्मनीले अभ्यास खेलमै नराम्रो घटनाको सामना गर्नुपरेको छ । अभ्यास खेलमै खेलाडविच कुटाकुट भएपछि जर्मनको पुरै टिम नै तनावमा परेकोव छ ।

प्रशिक्षक जेकिक लोले अहिले खेलाडीलाइ प्रशिक्षण  गराइरहेका छन । अभ्यासको क्रममा खेलाडीले देखाएको कला हेरेर अन्तिम टोली छान्ने उनको योजना छ । तर बुधबार अभ्यास भैरहेकाे बेलामा खेलाडी मुक्कामुक्की गरेपछि प्रशिक्षक लो तनावमा छन् ।

अभ्यासका क्रममा जर्मनका डिफेन्डर एन्टोनियो रुडीगरले अर्का डिफेन्डर जोसुआ किमिचलाई ताकेरै फल हानेपछि झगडा सुरु भएको थियो ।  किमिच पनि के कम र, तुरुन्तै रुडिगरलाइ मुक्का हानिहाने । दुइ खेलाडीको मुक्कामुक्की बढ्ने देखेपछि अर्का प्रशिक्षक मिरोसला क्लोज र अरु खेलाडी छुट्याउन पुगेका थिए । २ जनाविचको झगडा साम्य पार्ने क्रममा  विंगर जुलियन ड्राक्स्लरको पनि मुखमा चोट लागेको थियो 

विश्वकपको अभ्यासमा  टिमकै खेलाडीविच कुटपिट हुनु तनावको विषय बनेको प्रशिक्षक क्लोजले बताएका छन् । समुह एफमा रहेको जर्मनले समुह चरणमा मेक्सिको, स्विडेन र दक्षिण कोरीयासँग खेल्नुपर्नेछ ।

Comments

comments