गायक सुरेन्द्र राईको दोस्रो गीत “तिम्रो छेउ बस्दा खुशी लाग्छ सारा” सार्वजनिक

199

गायक सुरेन्द्र राईको आफ्नै स्वर र शब्दमा “तिम्रो छेउ बस्दा खुशी लाग्छ सारा” गीतको बोल सार्वजनिक भएको छ । स्वर र शब्दका धन गायक राईको यो दोस्रो गीत हो । बुवा मान बहादुर राई र आमा इन्द्रमाया राईका कोखबाट संखुवासभा सितालपार्टी खार्तुवा नगरपालिका ११मा उनी जन्मीएका हुन् । राई सानै देखि गायन क्षेत्रमा रुची राख्थे । उनी जीवन र जगतलाई संगीतमा भर्ने मात्र होइन स्वर र शब्दमा कोरेर श्रोताहरुलाई उपहार दिन चाहान्छन्।

मानिसले चाहे संसारमा असम्भव केही छैन भन्ने भनाईलाई उनले सार्थकतामा परिणत गरेका छन् । गायक राईको पहिलो गीत एकान्तमा रुदै बस्छु सार्वजनिक गरिसके लगत्तै उनले दोस्रो गीत सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको गीतमा गायिका सिला राईले साथ दिएकी छिन् भने राईको दुवै गीतको संगीत भर्ने कार्य रुद्र श्रेष्ठले गरेका हुन् ।

यति बेला उदयमान गायक सुरेन्द्र राईको गीतले बजारमा चर्चा कमाएको छ । दुई वटा गीत बजारमा आई सकेपछि उनका तीन वटा गीत सार्वजनिक हुने तयारीमा छन् । आफै गाउने, शब्द लेख्ने र संगीत भर्न समेत प्रखर बहुप्रतिभावान गायक राई भविष्यमा श्रोताहरुको चाहना अनुसार आफ्नै मौलिक पनमा गीत पस्कीने बताउँछन् ।

Comments

comments