मलेसियामा गरे एक नेपालीले आत्महत्या

112
मलेसिया – मलेसियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । अन्नपुर्ण गाउँपालिका वडा नं. ८ कास्की घर भएका अन्दाजी ४० वर्षका सन्दीप कामीले झुण्डिएर आत्महत्या गरेका हुन । रोजगारीको लागि ७ वर्ष अगाडि मलेसिया आएका सन्दीप एक पटक पनि नेपाल फर्किएका थिएनन् ।

उनले के कारणले आत्महत्या गरेका हुन खुल्न सकेको छैन । सन्दीपले सिमोनियामा रहेको एक ब्याटरी फयाक्ट्रीमा काम गर्दै आएका थिए । सन्दीपले मे ९ तारिखका दिन आत्महत्या गरेको भएपनि आवश्यक प्रकि्रया पूरा नभएको कारण शव पठाउन ढिलाइ भएको कम्पनीका एक प्रतिनिधिले जानकारी गराए ।

Comments

comments