यस कारण विवादमा तानियो प्रदिपको ‘रोजी’

527

इन्द्रेणी न्युज, काठमाडौं। लगभग ७-८ वर्ष अगाडि आफ्न प्रेमिले प्रेमिका अर्थात रोजी महर्जनको हत्या गरेको त्यो दिन सायदै कसैले बिर्सेंका छैनन होला। सोही घटनालाई आधार मानेर निर्माण गर्न लागिएको चलचित्र हो ‘रोजी’। यस चलचित्रको छायांकन पनि शुरु भइसकेको छ। तर, चलचित्रको छायांकन भैरहँदा विवाद सुरु भएको हो। कारण थियो हत्याकाण्ड रोजी महर्जनको कथामाथी चलचित्र निर्माण गरेको बारे। चलचित्रको शुभसाइत समारोहमा नायक प्रदिप खड्कालाई प्रेमिका रोजी राणाको हत्याको आरोप लागेपछि अदालत परिसरमा उभ्याइएको दृश्य खिचिएको थियो।त्यसैले पनि यो चलचित्र रोजिको जीवनमा रहेर निर्माण गर्न लागिएको हो भनेर धेरैले अनुमान लगाएका छन्।

चलचित्र रोजिका निर्देशक निरक पौडेलले यस चलचित्र निर्माण घोषणा गर्नुपुर्व नै अर्का निर्देश एवं लेखक शिवम अधिकारीले यस चलचित्रको कथा लेखेको र चलचित्र निर्माण गर्ने बारे निरकलाई बताए सँगै स्क्रिप्ट पनि सुनाएका थिए तर शिवमले सुनाएको कथामा निरकले चलचित्र बनाएको भन्ने आशंका सँगै कथा मिलेको खण्डमा निरकमाथी मुदा दर्ता गर्ने निर्देशक शिवमले बताए।

अन्य चलचित्र भन्दा यस चलचित्रमा फरक अवतारमा देखिएका युवास्टार प्रदिप खड्काको ‘रोजी’ प्रतिक्षित चलचित्र हो। चलचित्रमा प्रदिप खड्का, परमिता आर एल राणा मिरुना मगर, कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहने छ।

निरक पौडेलको निर्देशनमा गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा , उद्धव पौडेलको प्रस्तुति रहने छ। चलचित्रमा आयरा पौडेल र आरोही केसीको निर्माण, राजु विक्रम थापाको छायांकन, केदार भुषालको कथा र मित्र डि गुरुङको सम्पादन रहने छ भने अर्जुन पोखरेलको संगीत, कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहनेछ ।

Comments

comments