क्रिकेटमा अर्को सफलता, नेपाल आईसीसीकाे एकदिवसीय वरीयतामा पर्यो

514

काठमाडौं, जेठ १८ – नेपाली क्रिकेटले पहिलोपटक  एकदिवसीय बरियताकाे पुर्ण राष्ट्रको मान्यता पाएको छ । अाइसिसिले शुक्रबार निकालेको नयाँ बरियतामा नेपाल सहित ४ देशले पुर्ण  मान्यता पाएपछि नेपाल पहिलो पटक आईसीसीको वरीयतामा प्रवेश गरेको छ ।

अहिले रहेका १२ पूर्ण सदस्यसहित अस्थायी एकदिवसीय मन्यता पाएका ४ टिम गरी अब १६ टिमको एकदिवसीय वरीयता सार्वजनिक गरिनेछ।

अस्थायी एकदिवसीय मान्यता पाउनेमा नेपाल, स्कटल्यान्ड, नेदरल्यान्ड्स र युएई छन्। यसअघि अस्थायी राष्ट्रको छुट्टै वरीयता गरिने गरिएको थियो।

यो वरीयता जुन १ २०१८ देखि लागु हुने आइसिसीले जनाएको छ। अब अस्थायी राष्ट्रले खेलेका टिमको खेलको रेटिङ र प्रदर्शनलाई पनि वरीयताको आधार बनाइनेछ।
एशोसियटतर्फ एकदिवसीय वरीयतामा स्कटल्याण्ड २८ अंकसहित पहिलो र समग्रमा १३औँ स्थानमा छ । त्यसपछि युएईको १८ अंक छ भने नेदरल्याण्ड्सको १३ अंक छ र नेपालको अंक शून्य छ ।

Comments

comments