बिष्णु माझी र पुस्कल शर्माको ‘एक साथ भेट’ New Nepali Song PIDAKO RAJADHANI

266

इन्द्रिणी न्युज, काठमाडौं। लोकदोहोरीको क्षेत्रमा बियोगान्त लोकदोहोरीलाई बजारमा ल्याएर सर्वाधिक रोजाइमा रहेका गायक पुष्कल शर्माको अभिनयमा ‘पिडाको राजधानी’ सार्वजनिक भएको छ । मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा गायक गणेश अधिकारी र विष्णु माझीले स्वरबद्ध गरेको गीतमा वियोगान्त पिडालाई समेटिएको छ ।

नलाउ झुठो पिरती ३ मा संग्रहित गरिएको गीतमा सुनिल केसीको शब्द तथा संगीत गणेश अधिकारीको रहेको छ । मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको हुनाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायक तथा मोडल पुष्कल शर्माले लिएका छन ।

अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतको भिडियोमा पुस्कल शर्मा र अनु श्रेष्ठको अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

Comments

comments