विवाह पुर्व नै गर्भवती थिइन यी चर्चित नायिका,जसले गरेकी थिइन गुपचुप विवाह

161

एजेन्सी। बलिउड अभिनेत्री नेहा धुपिया विवाह अगाडि नै गर्भवती भएको खुलासा भएको छ । सामाजिक सञ्जालमा नेहा गर्भवती भएको कुरालाई लिएर चर्चा भइरहेको छ ।

नेहाले ट्वीटरमा अचानक आफ्नो बिहेका तस्वीर सार्वजनिक गरेकी थिइन् । ३७ वर्षीय नेहाले अभिनेता अंगद बेदीसँग सिख रीतिअनुसार बिहे गरिन् । नेहा र अंगदले ट्वीटरमा बिहेको तस्वीर सार्वजनिक गरेका छन् । नेहाले आफ्नो मिल्ने साथीसँग बिहे गरेको लेखेकी छन् ।

तर उनी बिहेअघि नै गर्भवती थिइन् र यही कारण उनले गुपचुपमा बिहे गरेको आरोप छ । यस हल्लालाई लिएर नेहा र उनका श्रीमान् अंगद वेदीले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

छोरीबारे यस्तो कुरा सुनेर नेहाका बुबा प्रदीप धुपिया दिक्क भएका छन् । उनले नेहाका बारेमा आएका यी कुरा गलत भएको बताइरहेका छन् ।

नेहाका पिताले भनेका छन्, ‘नेहा र अंगद बेदीले हतारमा बिहे गरेका हुन् । यही कारण मान्छेहरूले यस्तो आशंका गरेका हुन् । यो बेकारको हल्ला मात्र हो ।

वेदी परिवार र हामी मिलेरै बिहे तय गरेका हौँ । फेरि, दुवैका सामुन्ने धेरै कामहरू छन्, गर्नुपर्ने । त्यही कारण पनि बिहेको मिति चाँडै तय भएको हो ।’

आजभोलिका दिनमा नेहा धुपिया आफ्नो शो ‘नो फिल्टर’ का कारण चर्चामा रहने गर्छिन् । हालै उनी तुम्हारी सुलू फिल्ममा पनि देखिएकी थिइन् । त्यस्तै टाइगर जिन्दा है मा पनि उनी देखिएकी थिइन् ।

Comments

comments