कांग्रेस नेता सिटौलाले गरे निर्वाचनमा पराजित हुनुको यस्तो खुलासा, जसमा हृदेश त्रिपाठीदेखि उपेन्द्र यादवसमेत मुछिए

123

काठमाडौँ- नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी विभिन्न दलको ग्राइण्ड डिजाइनमा फसेर निर्वाचनमा पराजित हुनु परेको बताएका छन् । उनले चुनावी रणनीति असफल हुँदा कांग्रेस पराजित भएको बताए ।

उनले जनताले पार्टीलाई अविश्वास गरेको होइन्, नेतृत्व पंक्तिले सही नीति नलिएको कारण यो अवस्था देख्नु परेको बताए।

शनिबार भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी ठुलै ग्राइण्ड डिजाइनमा फँसेको स्षष्ट पारे ।

‘नाकाबन्दी गर्‍यो भन्दै ठुलो स्वरमा बोल्दै हिड्ने एमाले र ओली हुन् तर नाकाबन्दी गर्ने बेलामा सिमानामा धर्ना दिने को को हो सबैलाई थाहा छ।, उनले भने,’हृदयस त्रिपाठी र राजेन्द्र महतो नै हुन् नि धर्ना दिने तर पछि हृदयस त्रिपाठी सूर्य चुनाव चिन्ह लिएर उठ्ने, महतो वाम गठबन्धनको सहयोगमा चुनाव जित्ने।’

एमालेले मेची–महाकाली अभियान चलाउँदा मधेसमा महन्थ ठाकुर र उपेन्द्र यादवले एमालेलाई छिर्नै नदिएको तर अहिले उपेन्द्र वाम सरकारमा मन्त्री नै भएको अनौठा अनौठा घटना देख्नु परेको उनले बताए ।

यादवलाई पनि कांग्रेसले नै सहयोग गरेर जिताएको दाबी गर्दै उनले चुनावी रणनीतिमा कांग्रेस चुकेको बताए ।

Comments

comments