ओली र विद्या भण्डारीले गरेको निर्णयविरुद्ध महिला सडकमा !

109

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर गरेको निर्णयविरुद्ध महिलाहरु सडकमा उत्रिएका छन्। प्रसंग हो कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई जेल सजाय काटिरहेका पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको रिहाई । गणतन्त्र दिवसका अवसरमा ओली सरकारले सिफारिस गरेको हत्यारा ढुंगेलको आममाफीलाई राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी थिइन्। स्वीकृत भएसँगै ढुंगेल सोही दिन रिहा भएका थिए।

ढुंगेलको रिहाईविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट महिला संघले राजधानीमा प्रर्दशन तथा धर्ना दिएको छ। नेपाल महिला संघको काठमाडौंको आयोजनामा काठमाडौं जिल्ला प्रशाससन कार्यालय अगाडि महिला संघले ज्यान मुद्दा जस्तो गम्भिर फौजदारी मुद्दाका अभियुक्तको सजाय माफी दिएको विरोधमा प्रर्दशन तथा धर्ना दिएको महिला संघले जनाएको छ ।

सर्वोच्च अदालतमा ढुंगेलको सजाय माफी गर्न हुनेरनहुने विषयमा बहस जारी रहेको अवस्थामा सरकारले अदलातको समेत अपमान हुने गरि ढुंगेलको सजाय माफी गरी रिहा गरेको भन्दै महिला संघले विरोध गरेको हो ।

यसअघि नेपाली कांग्रेस निकटको नेपाल बिद्यार्थी संघले पनि विरोध प्रर्दशन गरेको थियो । सरकारले असल चालचलन भएको भन्दै गणतन्त्र दिवसका दिन बाँकी कैद मिनाहा गर्दै ढुंगेललाई जेल मुक्त गरेको थियो ।

Comments

comments