कमजाेर कथाकाे- ‘हरि’

524

इन्द्रेणी न्युज/प्रदिप सुबेदी

केही दिन पहिले प्रकाशित एउटा लेखमा विपिन कार्की डेन्जर  जाेनमा रहेकाे भनी चिन्ता ब्यक्त गरिएकाे थियोे । उक्त चिन्तालाई ‘हरि’ चलचित्रले पक्कै घटाउने छैन, बरू बढाउनेछ। विपिन कार्की अब्बल कलाकार हुन् त्यस्मा कुनै शङ्कै छैन।

चलचित्र अन्तराल,पशुपति प्रसाद,जात्रा,नाका र हाल प्रदर्शनरत चलचित्र ‘हरि’ सम्मका हरेक  चलचित्रमा उनले निभाएका हरेक भुमिका न्यायिक छन्। ‘हरि’ चलचित्रले कार्कीलाई विभिन्न रूपहरूमा देखाउँछ। तर कमजोर विषयबस्तुले उनकाे अभिनय छाँयामा पर्ने निश्चित छ।

सामान्य ब्यक्तिकाे,सामान्य जीवन कथामा अाधारित चलचित्र हाे हरि। चलचित्रकाे मुख्य पात्र हरि एउटा फाईनान्सकाे म्यानेजरकाे रूपमा छ। उ अाफ्नी अामासँग बस्छ। अामाकाे साेच पुरातन खालकाे छ। उस्ले कसरी झेलिरहेकाे छ त अामालाई  रमाईलाे तरिकाले देखाउन खाेजिएकाे छ। त्यस्तै फाईनान्सकाे एक स्टाफ (अाकाश)काे बहिर्गमन पछि घट्ने घटनामा सिमित छ कथा। कथामा घटनाहरूकाे सम्याेजन भन्दा पनि मुल पात्र हरिकाे मनस्थितिलाई चित्रण गरिएको छ। जुवाडे तथा जड्याहा बाबुकाे कारण फेरिएको स्थिति,उस्ले देख्ने सपना, उस्काे दैनिकी, उस्का डर,कथाकाे केन्द्रमा छन्।

टेम्पोवाली सँगकाे अब्यक्त प्रेम अनि  सारङ्गीकाे धुनलाई सिम्बाेलिक रूममा देखाईएकाे छ। केही दृश्यहरूले हसाउछन। तर, तार्किक छैनन।दर्शककाे साेचसँग मिल्ने कुराहरू कमै भेटिन्छन। चलचित्रमा कथा तथा पटकथामा दुवै कमजाेर छन्। कथा मुख्य पात्र अाफैले भन्छ। यस्लाई नाैलाे प्रयाेग मान्न सकिन्छ।

अभिनयमा सबै कलाकार अब्बल छन्। चलचित्रको सकरात्मक पक्ष मुख्य पात्र विण्णु हरिकाे भुमिका पाएका विपिन कार्कीकाे दमदार अभिनय हाे।अभिनयकाे हिसाबमा उनकाे जति तारिफ गर्दा पनि कमै हुन्छ। जिजु पुस्तादेखि नाति पुस्तासम्मकाे भुमिकालाई न्याय गर्नु चानचुने कुरा हाेईन।उनकाे अभिनयलाई सलाम गर्नैपर्छ।

त्यस्तै खलपात्रकाे रूपमा रहेका कमलमणि नेपालले अाफ्नाे भुमिका मज्जाले निभाएका छन्। अामाकाे भुमिकामा रहेकी सुनिता श्रेष्ठ ठाकुरकाे अभिनयमा पनि खाेट भेटिदैन।

सफल केसी र प्रतीक गुरूङ लिखित तथा निर्देशित याे चलचित्रलाई  प्रयाेगात्मक चलचित्र मान्दा  हुन्छ। एउटा ब्यक्तिलाई विभिन्न चरित्र दिनु,र उक्त चरित्रका मनाेभावलाई  दर्शक सामु बुझिने गरि पस्किनु चुनाैतीकाे कुरा हाे। सरल कथामा जटिल भाव खाेज्ने दर्शककाे खडेरी छ। याे कुरा जगजाहेर छ।

प्राविधिक पक्षमा हरि कमजाेर छ। ब्याक ग्राउन्ड म्युजिक दृश्य अनुरूप काे छ। विपिन कार्कीका हार्ड काेर फ्यानलाई याे चलचित्रले उत्साहित बनाउदैन।

Comments

comments