सन्दीप लामिछानेको अर्को छलाङ्, खेल्ने भए क्यानेडियन लिग

475

काठमाडाैं,जेठ २० – अाइपिएलमा सनसनीपुर्ण प्रदर्शन गरेका  नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अब क्यानडाको टि ट्वेन्टी लिग खेल्ने भएका छन्। सन्दीपलाइ क्यानडाको मोन्ट्रेल टाइगर्सले अाफ्नो टिममा अनुबन्ध गरेको हो । जुन २८ देखि जुलाइ १५ तारिखसम्म हुने क्यानेडियन लिगको लागि  मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा सन्दीपलाइ खरिद गरेको ट्वीटरमार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा शाहिद अफ्रिदी, डुवेन ब्रावो, क्रिस गेल, लसिथ मलिंगा, क्रिस लेन, सुनिल नारायण, डेभिड मिलर, लसिथ मलिंगा, अन्ड्रे रसेल, डरेन सामी, स्टिभ स्मिथ मार्क्यू खेलाडीका रुपमा रहेका छन् ।

राउण्ड ६ मा सन्दीप सहित छनोट भएका खेलाडीहरु

ड्राफ्टका लागि १६ सय खेलाडीहरुले नाम दर्ता गराएकोमा सन्दीप श्रीलंकाका लसिथ मलिंगा, तिसरा परेरा, वेष्ट इन्डिजका सुनिल नारायण, पाकिस्तानका मोहम्मद हफिज, जिम्बावेका सिकन्दर राजा अादि भएको टोली मोन्ट्रेल टाइगर्समा छनोट भएका हुन्।

Comments

comments