काठमाडाैं,जेठ २१ – मैत्रीपूर्ण खेलमा स्पेन र स्वीट्जरल्याण्डले एक एक गोलको बराबरी खेलेका छन । गएराती भएको खेलमा स्पेनले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो । स्पेनका अल्भारो अद्रियोसोलाले २९ औं मिनेटमा गोल गरेका थिए । तर, ६२औं मिनेटमा स्पेनका गोलकिपर डाविड डे गेयाको गल्तिको फाइदा उठाउँदै स्विटजरल्यान्डका रिकार्डो रोड्रिगेजले गोल गरे । स्पेनले अर्को मैत्रीपुर्ण खेल ट्युनिसियासँग आगामी शनिबार खेल्नेछ ।
स्पेन, पोर्चुगल, मोरक्को र इरानसँगै समुह बी मा छ । गएराती भएका अरु मैत्रीपूर्ण खेलमा मेक्सिकोले स्कल्यान्डलाइ एक शून्यले हरायो । यस्तै पेरुले साउदी अरेयिबालाई र कोस्टारिकाले नर्दन आयरल्याण्डलाई समान तीन शून्यले गोल अन्तरले पराजित गरेका छन् । ब्राजिलले पनि गएराती नेयमारको गोलमा क्रोयसियालाइ २-० ले हराएको थियो ।